काठमाडौं– अघिल्लो महिनाको तुलनामा गत मंसिरमा घरजग्गा कारोबारबाट संकलन हुने राजस्व वृद्धि भएको छ ।

गत कात्तिकमा घरजग्गा कारोबारबाट २ अर्ब ७० करोड ४० लाख ४६ हजार ६४५ बराबरको राजश्व संकलन भएकामा मंसिरमा ३ अर्ब ८७ करोड ४८ लाख २६ हजार ९७६ बराबर संकलन भएको हो ।

मंसिरमा देशभर ४३ हजार ३७९ ओटा घरजग्गा कारोबार भएको भूमि व्यवस्था तथा अभिलेख विभागले जनाएको छ । यस्तै, गत कात्तिकमा देशभर ३३ हजार ५१४ संख्यामा घरजग्गा कारोबार भएको थियो । विभागका अनुसार मालपोत कार्यालय लगनखेलले ३३ करोड ९५ लाख दुई हजार ८७३ बराबरको राजश्व संकलन गरेको छ ।

काठमाडौं उपत्यकामा ९ वटा मालपोत कार्यालय छन् । तीमध्ये मालपोत कार्यालय कलंकीले २६ करोड ५७ लाख २५ हजार ४२५, मालपोत कार्यालय चाबहिलले २२ करोड ५८ लाख २३ हजार ८१५, साँखुले ७ करोड ५० लाख २२ हजार ६२९, मनमैजुले ७ करोड २६ लाख ३४ हजार २३३, टोखाले ७ करोड १२ लाख ४५ हजार ७६५ बराबरको राजश्व संकलन गरेको छ ।

यस्तै, मालपोत कार्यालय विराटनगरले १० करोड ४९ लाख १० हजार ३९१, मालपोत कार्यालय चितवनले ३५ करोड ९८ लाख ३१ हजार १८४ बराबरको राजश्व संकलन गरेको छ ।

विभागमा अनुसार मङ्सिरमा सेवा कर २६ करोड ६ लाख २५ हजार ६९०, रजिष्टे«शन दस्तुर २ अर्ब ६३ करोड ७८ लाख १२ हजार ३४० बराबर संकलन गरेको छ । त्यस्तै, १ अर्ब ३१ कोड ६३ लाख ४३ हजार ७१४ बराबरको पुँजीगत लाभकर संकलन गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय