काठमाडौं– सुनचाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले बिहीबारका लागि तोकेको छापावाल सुनको अघिल्लो दिनको तुलनामा प्रतितोला १ हजार ७०० रुपैयाँले कम छ । चाँदी भने तोलामा ५५ रुपैयाँले सस्तिएको छ ।
महासंघका अनुसार आजका लागि छापावाल सुनको मूल्य प्रतितोला १ लाख ४९ हजार रुपैयाँ तोकिएको छ । बुधबारको बजारमा छापावाल सुन प्रतितोला १ लाख ५० हजार ७०० रुपैयाँमा कारोबार भएको थियो ।
आज चाँदीको मूल्य तोलामा ५५ रुपैयाँ घटेको छ । आज चाँदी प्रतितोला १ हजार ७८० रुपैयाँमा कारोबार भइरहेको छ । बुधबारको बजारमा चाँदी प्रतितोला १ हजार ८३५ रुपैयाँमा खरिदबिक्री भएको थियो ।