काठमाडौं– सर्वोत्तम सिमेन्ट लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीलाई बोनस सेयर र नगद लाभांश दुवै दिने भएको छ ।

पुस ३ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले हाल कायम चुक्ता पुँजीको ७ प्रतिशत बोनस सेयर र ३ प्रतिशत नगद गरी कुल १० प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो।लाभांश वितरण गर्ने निर्णय गरेको हो।

सो लाभांश पारित गर्न कम्पनीले पुस २६ गते बिहान ११ बजे भैरहवास्थित होटल भिलासामा छैठौं वार्षिक साधारण सभा बोलाएको छ।

साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ कम्पनीले पुस १२ गते एक दिनका लागि बुकक्लोज गर्ने भएको छ। यस अनुसार पुस ११ गतेसम्म नेप्सेमा कारोबार भई कायम शेयरधनीहरुले कम्पनीको साधारण सभामा सहभागिता जनाउन तथा कम्पनीले वितरण गर्ने लाभांश प्राप्त गर्न सक्नेछन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय