![](http://arthikpage.com/wp-content/uploads/2021/01/gold-bar.jpg)
काठमाडौं– आइतबार सुन र चाँदीको मूल्य बढेको छ । गत शुक्रबारको तुलनामा आज सुन प्रतितोला १ हजार १०० र चाँदी प्रतितोला ३० रुपैयाँले महँगिएको छ ।
गत शुक्रबार प्रतितोला १ लाख ४८ हजार ५०० रुपैयाँमा कारोबार भएको सुनको मूल्य आजका लागि १ लाख ४९ हजार ६०० रुपैयाँ तोकिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
निर्धारित मूल्यअनुसार आज चाँदी प्रतितोला १ हजार ७९० रुपैयाँमा कारोबार हुनेछ ।