काठमाडौं– नागरिक लगानी कोषले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीहरुलाई लाभांश दिने घोषणा गरेको छ । कोषको पुस ७ गते बिहान ८ बजे बसेको सञ्चालक समिति बैठकले लाभांश वितरण गर्ने निर्णय गरेको हो।
कोषले हाल कायम चुक्ता पुँजीको १३ प्रतिशतका दरले लाभांश वितरण गर्नेछ । सोमध्ये ७ प्रतिशत बोनस सेयर र ६ प्रतिशत नगद लाभांश हुनेछ ।
प्रस्तावित लाभांश अर्थ मन्त्रालयको स्वीकृति र आगामी वार्षिक साधारण सभाले पारित गरेपछि सेयरधनीले पाउनेछन् ।