काठमाडौं– पुस १७ गते बुधबार सुनको मूल्य प्रतितोला १ हजार ४०० रुपैयाँ बढेको छ । चाँदीको मूल्य भने स्थिर देखिएको छ ।
अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्यवृद्धि, आन्तरिक बजारको माग र आपूर्तिबमोजिम समायोजन गर्दा मंगलबारको भन्दा आजको मूल्य बढेको हो ।
मंगलबार प्रतितोला १ लाख ४९ हजार ६०० रुपैयाँमा कारोबार भएको सुनको मूल्य बुधबार बढेर प्रतितोला १ लाख ५१ हजार रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
चाँदीको मूल्यमा भने परिवर्तन भएको छैन । आज चाँदी प्रतितोला १ हजार ७६५ रुपैयाँमा किनबेच भइरहेको छ ।