काठमाडौं– चालु आर्थिक वर्षको पहिलो त्रैमासको मौसमी प्रभाव समायोजित आर्थिक वृद्धिदर अघिल्लो वर्षको सोही अवधिको तुलनामा ३.४ प्रतिशत बढी हुने प्रारम्भिक अनुमान राष्ट्रिय तथ्यांक कार्यालयले मंगलवार सार्वजनिक गरेको छ ।

कार्यालयले आर्थिक वर्षको पहिलो त्रैमासमा अर्थतन्त्रको वृद्धि सकारात्मक हुनुमा कृषि उत्पादन, विद्युत् उत्पादन तथा वितरण, पर्यटन आगमन र होटल क्षेत्रको कुल मूल्य अभिवृद्धिमा भएको वृद्धि प्रमुख कारक मानेको छ ।

त्यसैगरी यातायात, स्वास्थ्य सेवा र सार्वजनिक प्रशासन क्षेत्रमा भएको वृद्धिले पनि समग्र अर्थतन्त्रलाई सकारात्मक वृद्धितर्फ उन्मुख गराएको बताइएको छ । खासगरी यस अवधिमा गएको बाढीपहिरोको नकारात्मक प्रभाव र निर्माण क्षेत्रको वृद्धि धनात्मक हुन नसकेका कारण अर्थतन्त्रको वृद्धि सामान्य रहन गएको अनुमान कार्यालयले गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय