काठमाडौं– निजीक्षेत्रको प्रमुख बिमा कम्पनी नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले गत आर्थिक वर्षसम्मको सञ्चित मुनाफाबाट सेयरधनीलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ।

पुस २६ गते बसेको कमपनी सञ्चालक समिति बैठकले कायम चुक्ता पुँजीको २१.०५ प्रतिशत लाभांश वितरण गर्न घोषणा गरेको हो। सोमध्ये १० प्रतिशत बोनस सेयर र बाँकी नगद लाभांश हुने बताइएको छ ।

नेपाल बीमा प्राधिकरणबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात कम्पनीले प्रस्तावित लाभांश सेयरधनीलाई वितरण गर्नेछ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय