काठमाडौं– महालक्ष्मी विकास बैंकले प्रमुख कार्यकारी अधिकृत (सिइओ) मा बोधराज देवकोटालाई नियुक्त गरेको छ । बैंक सञ्चालक समितिको आइतबार बसेको बैठकले उनलाई सिइओ नियुक्त गरेको हो ।

देवकोटा यसअघि सिटिजन्स बैंकमा डेपुटी सिइओ थिए । देवकाटासँग २५ वर्ष बैंकिङ क्षेत्रमा काम गरेको अनुभव छ ।

सिटिजन्स बैंकमा उनले झण्डै एक वर्ष डेपुटी सिइओ चलाए । देवकोटाले काठमाडौं विश्वविद्यालयबाट वित्त व्यवस्थापनमा एमफिल गरेका छन् ।
उनले त्रिभुवन विश्वविद्यालयबाट वित्त व्यवस्थापनमा स्नातकोत्तर गरेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय