काठमाडौं– आइतबार नेपाली बजारमा सुन र चाँदी दुवैको मूल्य बढेको छ। नेपाल सुनचाँदी महासंघले आइतबारका लागि छापावल सुनको मूल्य प्रतितोला १ लाख ५५ हजार ७०० रुपैयाँ तोकेको छ ।

आइतबारको मूल्य शुक्रबारको तुलनामा तोलामा १६ सय रुपैयाँ बढी हो । चाँदीको मूल्य शुक्रबारको तुलनामा प्रतितोला १५ रुपैयाँ बढेर १ हजार ८६० रुपैयाँ पुगेको छ ।

शुक्रबार छापावल सुन प्रतितोला १ लाख ५४ हजार १०० रुपैयाँमा कारोबार भएको थियो भने चाँदी १ हजार ८४५ रुपैयाँमा किनबेच भएको थियो ।
महासंघले अन्तर्राष्ट्रिय बजारको मूल्य समेतलाई ध्यानमा राखेर प्रत्येक दिन सुनचाँदीको मूल्य तोक्ने गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय