काठमाडौं– नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा झिनो अंकको सुधार देखिएको छ । आज नेप्से परिसूचक १.८३ अंकले बढेर २५९५.९६ को बिन्दुमा कायम भएको हो ।

आज २९९ कम्पनीको १ करोड ७ लाख ४५ हजार ४२७ कित्ता सेयर ६३ हजार ३७७ पटक खरिदबिक्री हुँदा कारोबार रकम ५ अर्ब ८२ करोड ४९ लाख ४ हजार १३४ रुपैयाँ कायम भएको छ ।

आजको कारोबारमा बैंकिङ समूह ०.८१, वित्त ३.४८, लगानी ०.०७, लघुवित्त ०.५२, म्युचुअल फण्ड ०.१७ र निर्जीवन बिमा ०.४१ प्रतिशतले घटेको छ भने अरु सबै समूहको उपसूचक बढेको छ ।

विकास बैंक १.०८, होटल तथा पर्यटन १.६३, जलविद्युत् १.७६, जीवन बिमा ०.०८, उत्पादन तथा प्रशोधन ०.४८, व्यापार ०.०१ र अन्य समूह ०.०४ प्रतिशतले बढेको छ ।

दोल्ती पावर कम्पनी लिमिटेडको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ भने न्यादी हाइड्रोपावर लिमिटेडको मूल्यमा नकारात्मक सर्किट लागेको छ । कारोबार रकमका आधारमा आज सबैभन्दा बढी एनआरएन इन्फ्रास्ट्रक्चर एन्ड डेभलपमेन्ट लिमिटेडको ३२ करोड ४९ लाख ४४ हजार ७१८ मूल्यको सेयर किनबेच भएको छ ।

कारोबार भएका सेयर संख्याका आधारमा सबैभन्दा बढी पिपुल्स हाइड्रोपावर कम्पनी लिमिटेडको ३ लाख ५ हजार ४२१ कित्ता सेयर किनबेच भएको नेप्सेले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय