वीरगन्ज– पर्साको सिर्सियास्थित सुक्खा बन्दरगाह भन्सार कार्यालयले चालु आर्थिक वर्षको ६ महिनामा २३ अर्ब ३४ करोड ३३ लाख १८ हजार रुपैयाँ राजस्व संकलन गरेको छ । कार्यालयले यस अवधिमा वार्षिक लक्ष्यको ३८.८७ प्रतिशत मात्रै राजस्व संकलन गर्न सकेको हो ।

गत आर्थिक वर्षको ६ महिनाको तुलनामा चालु वर्षको सोही अवधिमा कार्यालयको राजस्व संकलन १ अर्ब ४५ करोड ४१ लाख ७९ हजार रुपैयाँले कम हो । कार्यालयले चालु आर्थिक वर्षको साउनमा ३ अर्ब ७५ करोड २२ लाख, भदौमा ४ अर्ब ६४ करोड ३० लाख, असोजमा ४अर्ब ३६ करोड ४५ लाख र कात्तिकमा ३ अर्ब ७९ करोड २९ लाख राजस्व गरेको थियो ।

त्यस्तै मंसिरमा ३ अर्ब २२ करोड ८४ लाख र पुसमा ३ अर्ब ५६ करोड २१ लाख रुपैयाँ संकलन गरेको कार्यालयले जनाएको छ । कार्यालयले गत वर्ष ६ महिनामा २४ अर्ब ७९ करोड ७४ लाख ९७ हजार रुपैयाा राजस्व संकलन गरेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय