बागमती– हेटौंडा सिमेन्ट उद्योगमा आर्थिक संकट गहिरिँदै जाादा सिमेन्ट उत्पादन अन्येलमा परेको छ । उद्योग व्यवस्थापनले उद्योगको विभिन्न उपकरण मर्मतको काम गर्नुपर्ने जनाउँदै गत असोज १५ गतेदेखि सिमेन्ट उत्पादन बन्द गरेको थियो ।

उपकरण मर्मतसम्भार गरी गत मंसिर पहिलो साताबाटै उत्पादन सुरु गर्ने बताए पनि मर्मतको काम नसकिएकाले उत्पादन सुरु गर्न नसकेको उद्योग प्रशासनले जनाएको छ । ‘उत्पादन सुरु हुन नसक्नुमा उपकरण मर्मत एउटा पाटो हो, तर त्यो मात्रैले पनि उत्पादन रोएिको होइन,’ उद्योगका प्रशासन प्रमुख तथा प्रवक्ता हरेराम आचार्यले भने, ‘आर्थिक समस्या बढ्दै गएकाले कहिलेदेखि उत्पादन सुरु गर्ने भन्ने अन्योल बढेको हो ।’

उत्पादन बन्द हुँदा कर्मचारी त्यतिकै बसेर दिन बिताइरहेका छन् । सो उद्योगमा १६६ जना स्थायी, १०० दैनिक ज्यालादारीका र ५२ जना सुरक्षाकर्मी गरी ३१८ जना जनशक्ति कार्यरत रहेको प्रवक्ता आचार्यले बताए ।

उनका अनुसार तत्काल उद्योग सञ्चालनका लागि आवश्यक कच्चा पदार्थको समेत समस्या छ । ‘उद्योग दैनिक सञ्चालन भयो भने कम्तीमा दैनिक १२० टन कच्चा पदार्थ कोइला आवश्यक पर्छ,’ उनी भन्छन्, ‘तर त्यो पनि छैन र कोइलाको पुरानो भुक्तानी भइनसकेकाले तत्काल कोइला आउने सम्भावना पनि छैन ।” यसबाहेक आर्थिक समस्याका कारण कर्मचारीले अतिरिक्त समयमा गरेको कामको भुक्तानी गर्न सकिएको छैन ।’

आर्थिक समस्याकै कारण विद्युत् प्राधिकरणलाई लामो समयदेखि महसुल बुझाउन नसकेको उनले बताए । विद्युत् महशुल नै ३०–४० करोड रुपैयाँ बाँकी हुन सक्ने उनले बताए । २०३३ सालमा हेटौंडाको लामसुरेमा स्थापना भएको उक्त उद्योगले २०४३ सालमा सिमेन्ट उत्पादन सुरु गरेको थियो । अहिले उपकरणहरु पुरानो भइसकेको र राम्ररी उत्पादन गर्न सक्ने अवस्थामा नरहेको प्राविधिकको भनाइ छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय