काठमाडौं– स्थानीय बजारमा सुनचाँदीको भाउ बढेको छ । सुनको मूल्य प्रतितोला १ हजार ३०० र चाँदी ५० रुपैयाँले बढेको छ ।

बिहीबार प्रतितोला १ लाख ५६ हजार ६०० मा कारोबार भएको सुन आज प्रतितोला १ लाख ५७ हजार ९०० रुपैयाँमा खरिदबिक्री हुने नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै, चाँदीको मूल्य प्रतितोला ५० रुपैयाँ बढेको छ । आज स्थानीय बजारमा चाँदी प्रतितोला १ हजार ८८० रुपैयाँमा कारोबार भइरहेको भइरहेको छ ।

अन्तर्राष्ट्रिय बजारमा भने सुनको भाउ घटेको छ । आज अन्तर्राष्ट्रिय बजारमा प्रतिऔंस सुनको मूल्य २ हजार ७१४.९८ अमेरिकी डलर कायम भएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय