
काठमाडौं– गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सको साधारण सेयर आइतबार बाँडफाँट भएको छ । बिक्रीमा राखिएको भन्दा बढी सेयरका लागि आवेदन परेकाले गोलाप्रथाबाट बाँडफाँट गरिएको निष्कासन तथा बिक्री प्रबन्धक कुमारी क्यापिटलले जनाएको छ ।
गार्डियनले सर्वसाधारणका लागि प्रतिकित्ता १०० रुपैयाँ दरका १८ लाख ४५ हजार कित्ता सेयर निष्कासन गरेको थियो ।
बिक्री प्रबन्धकका अनुसार १ लाख ८४ हजार ५०० जनाले जनही १० कित्ताका सेयर पाएका छन् ।
कुमारी क्यापिटलका अनुसार गार्डियनको सेयरमा १७ लाख २३ हजार ९३१ जनाको हात खाली भएको छ । गार्डियनको सेयरमा १९ लाख ८ हजार ३३१ जनाले २ करोड ५२ लाख ७ हजार ६९० कित्ताका लागि आवेदन दिएका थिए ।