
काठमाडौं– नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा दोहोरो अंकको गिरावट देखिएको छ । आज नेप्से परिसूचक ११.४९ अंकले घटेर २६८८.३१ को बिन्दुमा कायम भएको हो ।
आज ३०५ कम्पनीको १ करोड ५८ लाख ५५ हजार ६१० कित्ता सेयर ८४ हजार २८० पटक खरिदबिक्री हुँदा ८ अर्ब ३९ करोड ८६ लाख ६० हजार ६२८ रुपैयाँ बराबरको कारोबार भएको छ ।
आजको कारोबारमा वित्त समूह ०.८०, उत्पादन तथा प्रशोधन ०.१५, लघुवित्त ०.५ र व्यापार समूह १.३९ प्रतिशतले बढेको छ भने अरु सबै समूहको उपसूचक घटेको छ । सबैभन्दा धेरै विकास बैंक समूह १.३५ र अन्य समूह १.३० प्रतिशतले घटेको छ । बैंकिङ ०.३५, होटल तथा पर्यटन ०.२४, जलविद्युत् ०.५०, लगानी ०.३९, जीवन बिमा ०.७६, म्युचुअल फन्ड ०.४ र निर्जीवन बिमा ०.७ प्रतिशतले घटेको छ ।
सेन्ट्रल फाइनान्स कम्पनी लिमिटेड र गार्डियन माइक्रो लाइफ इन्स्योरेन्स लिमिटेडको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । सबैभन्दा धेरै गुमाउनेमा भने सप्तकोशी डेभलपमेन्ट बैंक लिमिटेडको सेयर मूल्य ६.५२ प्रतिशतले घटेको छ ।
कारोबार रकमका आधारमा आज सबैभन्दा धेरै एनआरएन इन्फ्रास्ट्रक्चर एन्ड डेभलपमेन्ट लिमिटेडको ३१ करोड १६ लाख ८३ लाख ३९५ रुपैयाँ बराबरको सेयर खरिदबिक्री भएको छ । कारोबार भएका सेयर संख्याका आधारमा सबैभन्दा धेरै अरुण भ्याली हाइड्रोपावर डेभलपमेन्ट लिमिटेडको ४ लाख ७६ हजार ७७७ कित्ता सेयर किनबेच भएको छ ।