
काठमाडौं– अन्तरराष्ट्रिय बजारमा सुनको मूल्य घटेसँगै त्यसको प्रभाव स्थानीय बजारमा पनि परेको छ । गत शुक्रबारको तुलनामा आज सुन प्रतितोला २ हजार ७०० र चाँदी १५ले घटेको हो ।
गत शुक्रबार प्रतितोला सुन १ लाख ७० हजार २०० रुपैयाँमा कारोबार भएकामा आज सोही परिमाणको सुनको मूल्य १ लाख ६७ हजार ५०० निर्धारण भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
यसैगरी, चाँदी प्रतितोला १५ रुपैयाँले घटेको छ । आजका लागि प्रतितोला चाँदीको मूल्य १ हजार ९५५ रुपैयाँ निर्धारण गरिएको छ ।
अन्तरराष्ट्रिय बजारमा आज सुन प्रतिऔंस २ हजार ८८२ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।