भक्तपुर– राष्ट्रिय युवा परिषद्, चाँगुनारायण नगरपालिका र नेपाल बैंक लिमिटेडको आयोजना चैत ३ देखि ९ गतेसम्म सहुलियतपूर्ण कर्जा सहजीकरणका लागि उद्यमशीलता तथा वित्तीय साक्षरता विषयक सातदिने तालिम सुरु भएको छ । १० समूहमा हुने उक्त तालिममा ३७० जना सहभागी छन् ।

मंगलबार राष्ट्रिय युवा परिषद्का कार्यकारी उपाध्यक्ष माधव ढुंगेलको प्रमुख आतिथ्यतामा तालिम सुरु भएको हो । यो तालिमपछि नेपाल बैंक लिमिटेडले ३०० जनालाई व्यावसायिक प्रस्तावको आधारमा पालिकाको जमानीमा तीन लाख रुपैयाँका दरले निर्ब्याजी कर्जा दिने सहमति भएको छ ।

तालिम उद्घाटन कार्यक्रममा राष्ट्रिय युवा परिषद्का कार्यकारी उपाध्यक्ष ढुंगेलले सहुलियतपूर्ण कर्जाको प्रभावकारी कार्यान्वनका लागि परिषदले युवा र बैंकलाई जोड्ने बताए । बैंकले युवाको प्रस्तावनाको आधारमा कर्जा प्रवाह गर्नुपर्ने उनले जानकारी दिए ।

कार्यक्रममा नेपाल बैंकको तर्फबाट सम्बोधन गर्दै डिपुटी सिइओ प्रकाश अधिकारीले आवश्यक डकुमेन्टसहित प्रक्रियामा आएपछि बैंकले प्रस्तावना हेरेर लगानी गर्ने बताए । मेयर उद्यमशीलता कार्यक्रम चलाउने चाँगुनारायण नगरपालिका देशकै पहिलो हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय