काठमाडौं– पोहोर चैत ११ गतेबाट बन्द दक्षिणी सीमा नाकाबाट दुई दिनभित्रै यात्रुबाहक सवारी साधन ओहोरदोहोर गर्न पाउने भएका छन् । उपप्रधानमन्त्री ईश्वर पोखरेलले वीरगन्जबाट आएका व्यवसायीलाई सो जानकारी गराएका हुन् ।

‘सीमा खोल्नुपर्छ भन्नेमा हामी पहिलेदेखि नै सकारात्मक छौं । नाकाबाट यात्रुबाहक सवारी ओहोरदोहोर गर्न नपाउँदा समस्या भएको कुरा पर्यटन व्यवसायीबाट आइरहेको छ,’ मन्त्री पोखरेलको भनाइ उद्धृत गर्दै टोलीमा सहभागी एकजना व्यवसायीले भने, ‘भोलि (बिहीबार) बस्ने सिसिएमसीको बैठकबाट यस विषयमा निर्णय गर्नेछौं ।’

अब अवस्था सामान्यतर्फ हुन लागेकोले नयाँ प्रोटोकल जारी गर्दै सीमा नाका खोल्ने मन्त्री पोखरेलले बताएका छन् ।

कोरोना भाइरसको संक्रमण रोकथामका लागि भन्दै गत वर्ष चैत ११ गते सबै अन्तर्राष्ट्रिय सीमा नाका बन्द गरिएको थियो । सरकारले केही अघि सीमा नाकाबाट पैदल यात्री र मालबाहक सवारी ओहोरदोहोर गर्न दिए पनि यात्रुबाहक सवारीको आवागमन बन्द छ ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय