काठमाडौं– नेपाल विद्यार्थी संघले पेट्रोलियम पदार्थमा गरिएको मूल्यवृद्धि तत्काल खारेज गर्न माग गरेको छ ।

संघका अध्यक्ष राजीव ढुंगानाले बुधबार एक विज्ञप्ति जारी गरी नेपाल आयल निगमले पेट्रोेलियम पदार्थमा गरेको मूल्यवृद्धिले कोरोनाबाट प्रभावित जनता मारमा परेको भन्दै मूल्यवृद्धि तत्काल खारेज गर्न माग गरेका हुन् ।

‘कोरोनाका कारण आहत भएका जनतालाई राहत दिनुको सट्टा उल्टै जनताको ढाड भाँचिने गरी गरिएको मूल्यवृद्धिको नेविसंघ घोर निन्दा र भत्र्सना गर्दछ,’ अध्यक्ष ढुंगानाद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

नेविसंघले आयल निगमभित्र व्याप्त भ्रष्टाचार र अनियमितता नियन्त्रण गर्दै पेट्रोलियम पदार्थको मूल्य स्थिर रुपमा कायम राख्नसमेत आग्रह गरेको छ । अध्यक्ष ढुंगानाले पेट्रोलियम पदार्थमा लगाइएका अनावश्यक कर खारेज गर्नसमेत आग्रह गरेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय