
काठमाडौं– नेपाली बजारमा बिहीबार सुनको मूल्य तोलामा ३०० ले बढेको छ ।
बिहीबारको बजारमा छापावाल सुनको मूल्य प्रतितोला ८७ हजार २ सय रुपैयाँमा कारोबार हुनेगरी मूल्य निर्धारण गरिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
महासंघको अनुसार जनाएको तेजावी सुनको मूल्य तोलामा ३ सय रुपैयाँले बढेर प्रतितोला ८६ हजार ७५० मा कारोबार भइरहेको छ ।
त्यस्तै, बिहीबार चाँदीको मूल्य पनि बढेको छ । यसदिन तोलामा २० रुपैयाँले बढेर प्रतितोला एक हजार २९० रुपैयाँमा कारोबार भएको छ ।