काठमाडौं– महालक्ष्मी विकास बैंक लिमिटेडले भैरहवा शाखाबाट सुन कर्जा सेवा सुरु गरेको जनाएको छ । शाखामा आयोजित कार्यक्रमबीच बैंक सञ्चालक राहुल अग्रवालको प्रमुख आतिथ्यतामा उक्त सेवा सुरु गरिएको हो।

बैंकले आफ्ना ग्राहकलाई अझै सहज, छिटो, छरितो र भरपर्दो सेवा प्रदान गर्ने उद्देश्यले सुन कर्जा सेवा सुरु गरेको जनाएको छ । ग्राहकले न्यूनतम ब्याजदर, छिटो प्रक्रिया तथा सहज सुविधासाथ भैरहवा शाखाबाट सुन कर्जा प्राप्त गर्न सक्ने बताइएको छ ।

बैंकले ग्राहक आवश्यकता अनुसार नवीनतम वित्तीय सेवा उपलब्ध गराउने प्रतिबद्धता जनाएको छ । सुन कर्जा सेवाले ग्राहकलाई आपतकालीन वित्तीय आवश्यकता पूरा गर्न सहयोग गर्ने बैंकको विश्वास छ ।

यस सेवाले ग्राहकको वित्तीय व्यवस्थापन थप सहज बनाउने विश्वास व्यक्त गर्दै भविष्यमा समेत ग्राहक हितमा केन्द्रित रही विभिन्न नवीनतम सेवा उपलब्ध गराउने योजना रहेको बैंकको भनाइ छ ।

बैंकले हालै ग्राहकलाई अत्याधुनिक, सुरक्षित तथा सहज डिजिटल बैंकिङ सुविधा उपलब्ध गराउने बैंकको नीति बमोजिम मोबाइल एप्लिकेसन परिष्कृत गर्दै ‘महालक्ष्मी स्मार्ट साथी’ सञ्चालनमा समेत ल्याएको जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय