काठमाडौं– नेपाल विद्युत् प्राधिकरणले सडक विस्तार लगायतका कारणले शनिबार राजधानी काठमाडौंका विभिन्न स्थानमा बिजुली कटौती हुने जनाएको छ ।

प्राधिकरणका अनुसार बानेश्वर वितरण केन्द्रले कोटेश्वर महादेव मन्दिर, कोटेश्वर चोक, जडीबुटी चोकबाट मनोहरा महादेव मन्दिर हुँदै लालीगुराँस स्कुल, सिसिआरसी कलेज, सूर्यकोट गेटसम्म बिजुली कटौती हुने जनाएको छ । शनिबार बिहान १० बजेदेखि अपराह्न २ बजेसम्म बिजुली कटौती हुने प्राधिकरणको सूचनामा उल्लेख छ ।

सडक विस्तारका लागि ११ केभी भूमिगत तार राख्ने कार्यका लागि लाइन काटिन लागेको प्राधिरकणले जनाएको छ । यस्तै, सोही फिडरको बत्तीसपुतली क्षेत्रमा बिजुली कटौती हुनेछ ।

सो क्षेत्रमा भने बिहान ८ बजेदेखि अपराह्न ४ बजेसम्म बिजुली कटौती हुने प्राधिकरणको भनाइ छ । पशुपति कलेज, मित्रपार्क, जयवागेश्वरी, मुसे गणेश, गौशाला, तिलगंगा, शारदा स्कुल, सूचना विभागलगायत क्षेत्रमा मर्मत गर्न लागिएकाले लाइन काटिन लागेको प्राधिरकणको सूचना छ ।

प्राधिकरणका अनुसार शनिबार देशका विभिन्न स्थानमा लाइन मर्मत गर्न बिजुली कटौती गर्न लागिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय