काठमाडौं– क्लासिक लिजेन्ड्सको आधिकारिक वितरक अग्नि ग्रुपको सहायक कम्पनी अग्नि मोटो इन्क प्रालिले जावा मोटरसाइकलका सबै सोरूमहरूमा बिएस–सिक्स इन्जिनयुक्त जावा पेराकको बजारीकरण आरम्भ गरेको छ । मोटरसाइकलका शौखिनहरूले अब पहिलो फ्याक्ट्री निर्मित बब्बर पेराक बुक गर्न सक्नेछन् ।

अग्नि मोटो इन्कको सबै शाखा र डिलर भएका स्थानमा टेस्ट राइड गर्न पाइने र यो सुविधा काठमाडौं, बिर्तामोड, धरान, इटहरी, विराटनगर, लहान, पोखरा, नारायणघाट, बुटवल र भैरहवामा उपलब्ध रहेको कम्पनीले जनाएको छ ।

जावा मोटरसाइकल नेपालमा २०७७ असोज २७ गते भव्य र नवसिर्जनशील भर्चुअल लन्चिङका साथ प्रस्तुत गरिएको थियो । यसको डिजाइन र प्रदर्शनको कारण मोटरसाइकल शौखिहरूको मन जित्न सफल भएको छ । अहिले अग्नि मोटो इन्कले नेपालको बजारमा सबैभन्दा धेरै चर्चित र प्रतीक्षित जावा पेराक ल्याई सम्पूर्ण नेपालमा आफ्ना शाखा र डिलर भएको स्थानमा उपलब्ध गराएको छ ।

जावा पेराक बिएस–सिक्स ३३४ सिसी, सिंगल सिलिन्डर, लिक्विड–कुल्ड डिओएचसी इन्जिनसहित आएको छ । यसले ३०० एचपी पावर र ३१ एनएम टर्क उत्पन्न गर्ने विज्ञप्तिमा उल्लेख छ । यो जावा र जावा फोर्टी–टू मोटरका तुलनामा ठूलो बोरका कारणले अधिक शक्तिशाली देखिन्छ । यो इन्जिन ६ स्पिड ट्रान्समिसनसँग जोडिएको छ ।

स्टाइल अनुसार पेराक बबर बाइक हो । यो मोटरसाइकल ट्विटेड चेसिस र स्विङ आर्मसहितको कम र लामो आकर्षक आकारको छ । बबर सौन्दर्यशास्त्रलाई ध्यानमा राखेर जावा पेराकसँग फ्लोटिङ सिंगल सिट छ, जसको मुनि गोलो ब्रेकलाइट छ । यसबाहेक, पेराकमा बार–एन्ड मिरर, काटिएको फेन्र्डर्स र काटिएको निकासा पाइप (चप्ड फेन्र्डर्स र चप्ड पाइप) तथा र त्रिकोणीय उपकरण बक्स समावेश गरिएको छ ।

पेराकको अगाडिपट्टि सस्पेन्सनका लागि टेलिस्कोपिक फ्रन्ट फोक्र्स रहेको छ भने पछाडि मोनोसक सस्पेन्सन छ । दुवै पांग्राहरूमा सिंगल डिस्क ब्रेक छ । जावा पेराकमा डुअल च्यानल एबिएस पनि छ । जावा पेराकको सुरुआती मूल्य सात लाख ५० हजार रुपैयाँ तोकिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय