काठमाडौं– नेपाली बजारमा साताको पहिलो दिन आइतबार सुनचाँदीको मूल्य बढेको छ । यस दिन सुन तोलामा ५०० ले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

आइतबार छापावाला सुन प्रतितोला ८७ हजार २०० मा कारोबार हुनेगरी मूल्य निर्धारण गरिएको महासंघले जनाएको छ । आइतबार तेजाबी सुन प्रतितोला ८६ हजार ७५० मा कारोबार भइरहेको छ ।

गत शुक्रबार सुन तोलामा ५०० रुपैयाँले घटेर प्रतितोला ८६ हजार ७०० मा कारोबार भएको थियो ।

त्यस्तै, आइतबार चाँदीको मूल्यसमेत बढेको छ । यस दिन चाँदी पाँच रुपैयाँले बढेर प्रतितोला एक हजार २८० मा कारोबार भइरहेको महासंघले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय