काठमाडौं– नेपाल राष्ट्र बैंकले ग वर्गमा पर्ने राष्ट्रिय स्तरका वित्तीय कम्पनीलाई वित्तीय स्रोत संकलनमा तोकिएको सीमा हटाएको छ ।

केन्द्रीय बैंकले बुधवार राष्ट्र बैंकबाट क, ख र ग वर्गका बैंक तथा वित्तीय संस्थाहरुलाई जारी गरिएको एकीकृत निर्देशन, २०८१ संशोधन गर्दै त्यस्ता कम्पनीलाई स्रोत संकलनमा रहेको सीमा हटाएको हो ।

अब यस्ता कम्पनीहरुले क वर्गका बैंक र ख वर्गका विकास बैंकले जस्तै जति पनि स्रोत संकलन गर्न पाउनेछन् ।

हालसम्म ग वर्गको इजाजत प्राप्त संस्थाले आफ्नो प्राथमिक पुँजीको बढीमा १५ गुणासम्म वित्तीय स्रोत संकलन गर्ने सक्ने व्यवस्था थियो । उनीहरुले तोकिएको सीमासम्म ब्याज वा बिना ब्याजमा स्वीकार गरिने कुनै पनि प्रकारको निक्षेप, सापटी र विभिन्न किसिमका ऋण उपकरणमार्फत वित्तीय स्रोत जुटाउन पाउँथे ।

राष्ट्रिय स्तरका वित्तीय कम्पनी बाहेक ग वर्गको इजाजत प्राप्त अन्य संस्थाको हकमा भने १५ गुणाको सीमा कायमै रहेको राष्ट्र बैंकको परिपत्रमा उल्लेख छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय