काठमाडौं– डिजिटल बैंकिङ प्रजिधिको नयाँ अनुभव महसुस गरी ग्राहकलाई सहज र सरल रुपमा सुविधा दिने उद्देश्य लिई सानिमा बैंकले फोनपेसँगको सहकार्यमा अन्तरबैंक टेलर क्युआर कारोबार सेवा सञ्चालनमा ल्याएको छ ।
यस सेवाअन्तर्गत ग्राहकले फोनपे नेटवर्कमा आबद्घ अन्य बैंक तथा वित्तीय संस्थाको मोबाइल बैंकिङ एप प्रयोग गरी सानिमा बैंकको कुनै पनि शाखाबाट रकम झिक्न सक्ने बैंकको विज्ञप्तिमा उल्लेख छ ।
यो सेवाले दुर्गम स्थानका शाखामा सिमित एटिएम पहुँच भएका ग्राहकलाई आपतकालीन अवस्थामा रकम झिक्न सहयोग गर्नेछ । साथै, अन्य सेवा शुल्क जस्तै अनलाइन शुल्क, विदेशी विनिमय सटही भुक्तानीका लागि पनि उपयोगी हुनेछ ।
सानिमा बैंकले देशको सातै प्रदेशमा १३४ वटा कार्यालय तथा १२७ वटा एटिएममार्फत सेवा दिइरहेको छ ।









