नवलपरासी– पूर्वी नवलपरासीको दुम्कौलीस्थित सिजी गल्फकोर्समा सम्पन्न नेपाल आइस गल्फ टुर्नामेन्टको उपाधि राजेन्द्र गौचनले हात पारेका छन् ।

शनिबार सम्पन्न टुर्नामेन्टमा गौचन ३९ अंकसहित विजेता बनेका हुन् । त्यसैगरी उपविजेता राजु थकाली भएका छन् । उनले ३७ अंक ल्याएका हुन् ।

त्यस्तै, ग्रस विनर फिन्चोओंदी लामा भए । लङगेस्ट ड्राइभमा कालु घले, मोस्ट वर्डिजमा पेम्बा शेर्पा र क्लोजेस्ट टु द मेनको उपाधि रवीन्द्र तिवारीले जितेका छन् । उक्त टुर्नामेन्टमा २४ खेलाडीले सहभागीता जनाएका थिए ।

उपाधि विजेता र अन्य खेलाडीलाई मेडल तथा प्रमाणपत्र वितरण गरिएको सिजी गल्फ टुर्नामेन्टका एम्पाएर वसन्त गुरूङले जानकारी दिए ।

गण्डकी प्रदेशअन्तर्गत पूर्वी नवलपरासीको दुम्कौलीस्थित चौधरी उद्योग ग्रामभित्र सुविधासम्पन्न गल्फ मैदान रहेको छ । उक्त मैदानमा स्वदेश तथा विदेशका गल्फरहरु खेल्न आउने गर्छन् ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय