काठमाडौं– नेपाल राष्ट्र बैंकमा प्रवक्ताको जिम्मेवारी देवकुमार ढकालले पाएका छन् । तत्कालीन प्रवक्ता डा. गुणाकर भट्ट बैंक सुपरीवेक्षण विभागमा सरुवा भएपछि ढकालले प्रवक्ताको जिम्मेवारी पाएका हुन् ।

केन्द्रीय बैंकमा नियमन विभागका प्रमुख रहेका ढकाल तेस्रो वरीयताका कार्यकारी निर्देशक हुन् । व्यवस्थापन विषयमा स्नातकोत्तर ढकाल राष्ट्र बैंकका २५ वर्षदेखि कार्यरत छन् । उनी अढाई वर्षदेखि नियमन विभाग प्रमुखको रुपमा छन् । ढकालले भोलि (चैत १० गते) देखि प्रवक्ताको जिम्मेवारी सम्हाल्ने केन्द्रीय बैंकले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय