काठमाडौं– एनआइसी एसिया बैंक र कान्तिपुर डेन्टल कलेज टिचिङ हस्पिटल एन्ड रिसर्च सेन्टर (केडीसी) प्रालिबीच बैंकका ग्राहकलाई दाँतको उपचार सेवामा विशेष छुट दिने विषयमा सम्झौता भएको छ ।

योसँगै बैंकका ग्राहकले विभिन्न ठाउँमा रहेका कान्तिपुर डेन्टलका शाखाहरुमा दाँत उपचार गरी डिजिटल भुक्तानी गर्दा १५ प्रतिशतसम्म छुट पाउने बैंकको विज्ञप्तिमा उल्लेख छ ।

छुट अफर अस्पतालमा हुने ल्याब टेस्ट, बेड चार्ज, आईसीयू, पोस्ट अपरेटिभ बेड चार्जमा लागू हुने बताइएको छ । यी सेवाको शुल्कमा १५ प्रतिशत छुट हुने बताइएको छ ।

त्यसैगरी फिजिओथेरापी तथा आई ग्लास र जनरल डेन्टल सेवाहरुमा १० प्रतिशत छुटका साथै दाँतको विशेष उपचार सेवामा ७ प्रतिशत छुट हुने बैंकको विज्ञप्तिमा उल्लेख छ ।

एनआइसी एसियाका ग्राहकले काठमाडौंस्थित जोरपाटीमा केडीसी एस्थेटिक सेन्टर÷कान्तिपुर डेन्टल सेन्टर र पोखरास्थित न्युरोडमा कान्तिपुर इन्स्टिच्युट अफ हेल्थ साइन्स एन्ड डेन्टल हस्पिटलमा उक्त छुट पाउनेछन् । कान्तिपुर डेन्टर सेन्टरका नाममा काठमाडौंस्थित सतुंगल, चितवनस्थित भतरपुर, बुटबलस्थित भलवारी तिलोत्तमामा पनि यी छुट पाइने बताइएको छ ।

छुट लिन एनआइसी एसिया बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड वा प्रिपेड कार्ड प्रयोग गरी वा मोबैंक एपमार्फत भुक्तानी गर्नुपर्ने बताइएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय