काठमाडौं– केही महिनाअघि मात्र गठन भएको नेपाल अटोमोबाइल इम्पोर्टर्स् एन्ड म्यानुफ्याक्चर्स एसोसिएसन (नाइमा) ले काठमाडौंको भृकुटी मण्डपमा आयोजना गर्न लागेको ‘नाइमा मोबिलिटी एक्स्पो–२०२५’ मा सवारी साधनका ५० वटा ब्रान्डले सहभागिता जनाउने भएका छन् ।

सहभागी ब्रान्डले सवारी साधनका तीन दर्जन नयाँ मोडल सार्वजनिक गर्ने आयोजक संस्थाले सोमबार काठमाडौंमा पत्रकार सम्मेलन गरी जानकारी दिएको छ ।

एक्स्पोमा सार्वजनिक गरिने नयाँ मोडलमा १५ ओटा दुईपांग्रे, १५ ओटा चारपांग्रे र ५ ओटा कमर्सियल भेहिकल हुने पत्रकार सम्मेलनमा एक्स्पो आयोजक समितिका शिरीषकुमार मुरारकाले जानकारी दिऐ ।

नाइमाले सान २१ देखि २५ गतेसम्म चल्ने एक्स्पो ८० हजारभन्दा बढी दर्शकले अवलोकन गर्ने अनुमान गरेको छ ।

एक्स्पोमा इन्धनबाट चल्ने, विद्युतीय र हाइब्रिड (इन्धन, बिजुली दुवैबाट चल्ने) गाडीहरू समावेश हुनेछन् ।

एक्स्पोका अवलोकनकर्ताले एकै ठाउँबाट नयाँ प्रविधिबारे जानकारी लिन पाउने आयोजकको भनाइ छ ।

एक्स्पो अवलोकन गर्न सर्वसाधारणले २०० रुपैयाँको टिकट काट्नुपर्नेछ । विद्यार्थीको हकमा १०० मात्र प्रवेश शुल्क तोकिएको नाइमाको भनाइ छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय