काठमाडौं– बुटवलमा प्रधान कार्यालय रहेको शाइन रेसुंगा डेभपलमेन्ट बैंक लिमिटेडले काठमाडौंमा सेवा सुरु गरेको छ ।

बैंकले काठमाडौंका पाँच स्थान–– नयाँ बानेश्वर, न्युरोड, कलंकी, गोंगबु र बसुन्धरामा शाखा खोलेर काठमाडौं पदार्पण गरेको हो ।

ठूलो आर्थिक कारोबार हुने संघीय राजधानीमा उपस्थिति जनाउन बैंकले काठमाडौंमा एकसाथ पाँचवटा शाखा सुरु गरेको जनाएको छ । बैंक मर्जरमा गएका कारण राष्ट्र बैंकले पनि यसलाई राधजानीमा पाँचवटा शाखा खोल्न अनुमति दिएको प्रमुख कार्यकारी अधिकृत प्रकाशन पौडेलले बताए । एकैपटक खोल्दा खर्च पनि बचत हुने उनको भनाइ छ ।

बैंकले केही दिनअघि मात्रै बुटवलमा आफ्नै भवन निर्माण गरी प्रधान कार्यालय उक्त भवनमा सारेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय