काठमाडौं– पछिल्लो तीन कारोबार दिन लगातार उकालो लागेको नेप्से परिसूचक सोमबार भने २४ बिन्दुले घटेको छ । गत बुधबार, बिहीबार र आइतबार गरी नेप्से परिसूचकले १५० बिन्दुले उकालो लागेको थियो । चौथो दिन सोमबार भने २४.०५ बिन्दुले खस्केर बजार बन्द हुँदा नेप्से २५१४.४० कायम भएको छ ।

यस दिनको कारोबार रकम अघिल्लो दिनको भन्दा केही कम छ । यस दिन २११ वटा कम्पनीको १ करोड ९ लाख ३१ हजार ३५८ कित्ता सेयर ५ अर्ब ३५ करोड १३ लाख ५३ हजार ६२५ रुपैयाँमा किनबेच भएको छ । कारोबार भएका १३ समूहमध्ये दुई समूहको सूचक बढेको छ भने बाँकी समूहको घटेको छ ।

सोमबार माथिल्लो तामाकोसी र चन्द्रागिरि हिल्सको सेयर सर्किट लेवलमा कारोबार भएको छ । दुवै कम्पनीको सेयर झण्डै १० प्रतिशतले बढेको छ । त्यस्तै अरुण भ्याली हाइड्रोपावरको ७.४४ प्रतिशत, आँखु ओलाको ६.२१ प्रतिशत र वोमी लघुवित्तको ५.९७ प्रतिशतले बढेको नेपाल स्टक एक्सचेन्जले जनाएको छ ।

यस दिन सबैभन्दा बढी गुमाउनेमा प्रुडेन्सियल इन्स्योरेन्सका सेयरधनी परेका छन् । यो कम्पनीको मूल्य ४.७१ प्रतिशतले घटेको छ । सपोर्ट माइक्रोफाइनान्सको ४.४७ प्रतिशत, कर्पोरेट डेभलपमेन्ट बैंकको ३.९९ प्रतिशत र आरम्भ चौतारी लघुवित्तको ३.७८ प्रतिशतले घटेको स्टकको अभिलेखले देखाउँछ ।
यसले दिन सबैभन्दा धेरै माथिल्लो तामाकोसीको सबैभन्दा धेरै ४६ करोड ९६ लाख रुपैयाँ बराबरको सेयर किनबेच भएको छ । माथिल्लो तामाकोसीलाई नेपाल बंगलादेश बैंक (३१ करोड ४३ लाख), नेपाल लाइफ इन्स्योरेन्स (२६ करोड २२ लाख) र डिप्रोक्स लघुवित्त (२५ करोड ४० लाख रुपैयाँ)ले पछ्याएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय