काठमाडौं– नेपाली बजारमा सुनको मूल्यले निरन्तर किर्तीमान कायम गरिररहेको छ ।

आइतबार स्थानीय बजारमा प्रतितोला २ लाख २ हजार ६०० रुपैयाँमा किनबेच भएर हालसम्मकै उच्च बिन्दुमा पुगेको सुनको मूल्य सोमबार तोलामा १ हजार ७०० रुपैयाँ बढेको हो । आज सुन प्रतितोला २ लाख ५ हजार ३०० रुपैयाँमा कारोबार हुने नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै, आज चाँदीको मूल्य प्रतितोला २ हजार ४७० रुपैयाँ पुगेको छ । आइतबार चाँदी प्रतितोला २ हजार ४२५ रुपैयाँमा खरिदबिक्री भएको थियो ।

अन्तर्राष्ट्रिय बजारमा आज सुनको मूल्य प्रतिऔंस अमेरिकी डलर ३ हजार ४८० रुपैयाँ हाराहारीमा कारोबार भइरहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय