काठमाडौं– नेपाली बजारमा पहेंलो धातु सुनको मूल्य लगातार दोस्रो दिन घटेको छ । मंगलबार सुनको मूल्य तोलामा ३०० ले घटेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार छापावाला सुन प्रतितोला ८६ हजार ७०० मा र तेजाबी सुन प्रतितोला ८६ हजार २५० मा कारोबार भइरहेको छ । आइतबार सुन तोलामा २०० ले घटेर प्रतितोला ८७ हजारमा कारोबार भएको थियो ।
महासंघका अनुसार मंगलबार सुनसँगै चाँदीको मूल्य पनि घटेको छ । यस दिन चाँदी तोलामा १० रुपैयाँले घटेर प्रतितोला एक हजार २५० मा कारोबार भइरहेको छ । सोमबार पनि चाँदीको मूल्य २० रुपैयाँले घटेर एक हजार २६० मा कारोबार भएको थियो ।