काठमाडौं– सरकारले कोरोना संक्रमणको दोस्रो लहर आउन सक्ने आकलन गर्दै आवश्यक तयारी गर्न मातहतका निकायलाई निर्देशन दिएको छ । गृह मन्त्रालयले देशभरका सबै जिल्ला प्रशासन कार्यालयलाई क्वारेन्टिन र आइसोलेसनहरू तयारी अवस्थामा राख्न पत्राचार गरेको हो ।

छिमेकी भारतमा कोरोना संक्रमितको संख्या बढेसँगै नेपालमा पनि बढ्न सक्ने अनुमान गरिएको हो । मन्त्रालयका प्रवक्ता चक्रबहादुर बुढाका अनुसार सबै प्रशासन कार्यालयलाई उक्त बेहोराको पत्र पठाइएको छ ।

स्वास्थ्य मन्त्रालयले केही दिनअघि कोरोनाको जोखिम बढ्न सक्ने भन्दै सभा, सम्मेलन जसता भिडभाड हुने गतिविधि नगर्न भनेको थियो । त्यसपछि गृहले गत सोमबार परिपत्र जारी गरेको प्रवक्ता बुढाले बताए ।

भारतमा कोरोना बढेपछि नेपालमा पनि बढ्न सक्ने सम्भावना रहेकोले भीडभाड हुन नदिनू भनी परिपत्र पठाएको उनले बताए ।
अन्तर्राष्ट्रिय सीमा नाकाबाट प्रवेश गर्नेहरूको पनि विवरण संकलन गर्न र नेपाल प्रवेश गर्नुअघि स्वास्थ्य परीक्षण गराउन निर्देशन दिइएको उनले बताए ।

प्रदेश २ सरकारले सीमा नाकामा उच्च सतर्कता अपनाउन थालिसकेको जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय