काठमाडौं– सिद्धार्थ इन्स्योरेन्स लिमिटेडले गत आर्थिक वर्षको नाफाबाट वितरण गर्ने लाभांश प्रस्ताव गरेको छ ।

संस्थाको मंगलबार सम्पन्न सञ्चालक समितिबैठकले कुल १५.७८ प्रतिशत लाभांश दिने प्रस्ताव गरेको ।

संस्थाले हाल कायम चुक्ता पुँजीको १२ प्रतिशत बोनस सेयर र कर प्रयोजनार्थ ३.७८ प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेको हो ।

संस्थाद्वारा प्रस्तावित उक्त लाभांश बिमा समितिबाट स्वीकृत भइ संस्थाको आगामी साधारण सभाले पारित गरेपछि वितरण हुनेछ ।

हाल कम्पनीको चुक्ता पुँजी एक अर्ब रुपैयाँ रहेको छ भने बोनस सेयर वितरण पछि एक अर्ब १२ करोड पुग्नेछ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय