काठमाडौं– क्रिकेटको फ्रेन्चाइज टोली लुम्बिनी लायन्सले सुदूरपश्चिम रोयल्सलाई पराजित गर्दै दोस्रो संस्करणको सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल) उपाधि जितेको छ ।

कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट रंगशालामा शनिबार भएको फाइनल खेलमा लुम्बिनी लायन्सले अघिल्लो संस्करणको उपविजेता सुदूरपश्चिम रोयल्सलाई ६ विकेटले पराजित ग¥यो ।

सुदूरपश्चिम यसपटक पनि उपविजेतामै रोकियो । पहिलो संस्करणको फाइनल खेलमा सुदूरपश्चिम जनकपुर बोट्ल्ससँग पराजित भएको थियो । यसपटक उपाधिसहित लुम्बिनीले १ करोड १० लाख रुपैयाँ हात पा¥यो । उपविजेता सुदूरपश्चिमले ५१ लाख रुपैयाँमा चित्त बुझायो ।

सुदूरपश्चिमले जितका लागि दिएको ८६ रनको लक्ष्य पछ्याएको लुम्बिनीले ९ ओभरमा ४ विकेट गुमाउँदै लक्ष्य हासिल ग¥यो । लुम्बिनीका लागि दिनेश अधिकारीले सर्वाधिक ४२ रनको योगदान दिए । उनले १३ बलमा १ चौका र ५ छक्का प्रहार गर्दै ४२ रनको योगदान गरे ।

यस्तै, डार्शी सर्टले १४ रन बनाए । उनले १३ बलमा ३ चौका प्रहार गर्दै १४ रन बनाए । कप्तान रोहित पौडेलले १६ रन बनाए । उनले १२ बलमा २ चौका र १ छक्का प्रहार गर्दै १६ रन बनाएका हुन् । निरोसन डिक्वेल ११ रनमा अविजित रहे । यस्तै, सन्दिप जोरा शून्यमा आउट भए ।

बलिङतर्फ सुदूरपश्चिमका हेमन्त धामीले २ विकेट लिए भने अविनाश बोहोरा र दिपेन्द्रसिंह ऐरीले समान १/१ विकेट लिए । यसअघि, टस जितेर पहिला ब्याटिङ रोजेको सुदूरपश्चिम १९ दशमलव १ ओभरमा सबै विकेट गुमाउँदै ८५ रनमा समेटिएको थियो । सुदूरपश्चिमका लागि इशान पाण्डेले सर्वाधिक ३३ रन जोडे । उनले ५१ बलमा १ चौकाको सहयोगमा ३३ रन जोडेका हुन् ।

यस्तै, कप्तान दिपेन्द्रसिंह ऐरीले १३ रन बनाए भने हरमित सिंह र स्कट कुगेलिइनले समान १०/१० रन जोडे । त्यसबाहेक अन्य ब्याट्सम्यानहरूले दोहोरो अंकमा रन जोड्न सकेनन् ।
सुदूरपश्चिमलाई सस्तैमा समेट्ने क्रममा लुम्बिनी लायन्सका बलरहरूले उत्कृष्ट प्रदर्शन गरे । लुम्बिनीका लागि शेर मल्ल, रुबेन ट्रम्पेलमान र कप्तान रोहित पौडेलले समान ३/३ विकेट हात पारे । यस्तै, टीका भण्डारीले १ विकेट लिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय