काठमाडौं– नेपाली बजारमा सोमबार सुनको मूल्य सामान्य बढेको छ । यस दिन सुन तोलामा २०० ले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

सोमबार छापावाला सुन प्रतितोला ८६ हजार ५०० मा कारोबार भइरहेको छ ।

यस्तै तेजाबी सुन ८६ हजार ५० मा कारोबार भइरहेको महासंघले जनाएको छ । गत शुक्रबार सुनको मूल्य तोलामा ६०० ले घटेर ८६ हजार ३०० मा कारोबार भएको थियो ।

सोमबार सुनको मूल्य बढेको बजारमा चाँदी भने घटेको छ । यस दिन चाँदी तोलामा पाँच रुपैयाँले ओरालो लागेर प्रतितोला एक हजार २२५ मा कारोबार भइरहेको छ । गत शुक्रबार चाँदीको मूल्य प्रतितोला एक हजार २३० तोकिएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय