काठमाडौं– सन् २०२६ को पहिलो महिना जनवरीमा ९२ हजार ५७३ पर्यटक नेपाल भित्रिएका छन् ।

नेपाल पर्यटन बोर्डले दिएको जानकारी अनुसार गत वर्षको जनवरीको तुलनामा १५.७ प्रतिशत बढी पर्यटक नेपाल भित्रिएका हुन् । जनवरीमा नेपाल आउने पर्यटकमध्ये सबैभन्दा बढी भारतीय रहेका छन् । जनवरीमा भारतबाट २६ हजार ६२४ पर्यटक नेपाल आएका थिए ।

यस्तै, चीनबाट ९ हजार १०१, संयुक्त राज्य अमेरिकाबाट ८ हजार ४०६, बंगलादेशबाट ५ हजार ८१४ तथा अस्ट्रेलियाबाट ४ हजार ९५७ पर्यटक नेपाल भित्रिएका थिए ।

कुल पर्यटकमा दक्षिण एसियाली मुलुकको ३९.३ प्रतिशत, अन्य एसियाली देशको २६.१ प्रतिशत, युरोपको १२.३ प्रतिशत, अमेरिकाको १०.८ प्रतिशत र ओसियानियाको ५.७ प्रतिशत हिस्सा छ । त्यसैगरी मध्यपूर्वको हिस्सा १ प्रतिशत र अफ्रिकाको ०.४ प्रतिशत रहेको बोर्डले जानकारी दिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय