काठमाडौं– नेपाली बजारमा बुधबार सुनको मूल्य घटेको छ । मंगलबार तोलामा ५०० ले घटेर कारोबार भएको सुनको मूल्य यस दिन थप ४०० ले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

महासंघका अनुसार बुधबार छापावाला सुनको मूल्य प्रतितोला ८५ हजार ६०० मा कारोबार भइरहेको छ ।

त्यस्तै, तेजावी सुन ८५ हजार १५० मा कारोबार हुने गरी मूल्य निर्धारण गरिएको छ ।

मंगलबार तोलामा ५०० रुपैयाँले घट्दै छापावाला सुन ८६ हजार र तेजावी ८५ हजार ५५० मा करोबार भएको थियो ।

त्यसैगरी, चाँदीको भाउ पनि मंगलबारको तुलनामा बुधबार तोलामा थप २० रुपैयाँले घटेको छ । चाँदी तोलाको एक हजार १९५ रुपैयाँ निर्धारण गरिएको महासंघले जनाएको छ । मंगलबार चाँदी तोलामा एक हजार २१५ रुपैयाँमा कारोबार भएको थियो ।

 

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय