
काठमाडौं– नेपाली बजारमा बिहीबार पहेंलो धातु सुनको मूल्य बढेको छ । बुधबार तोलामा ४०० ले घटेर कारोबार भएको सुनको मूल्य यस दिन ९०० ले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
महासंघका अनुसार बुधबार छापावाला सुनको मूल्य प्रतितोला ८६ हजार ५०० मा कारोबार भइरहेको छ ।
त्यस्तै, तेजावी सुन ८६ हजार ५० रुपैयाँमा कारोबार हुने गरी मूल्य निर्धारण गरिएको छ ।
बुधबार सुन तोलामा ४०० रुपैयाँले घट्दै छापावाला सुन ८५ हजार ५०० र तेजावी ८५ हजार १५० मा करोबार भएको थियो ।
त्यसैगरी, चाँदीको भाउ पनि बिहीबार तोलामा थप १५ रुपैयाँले बढेको छ । चाँदी तोलाको एक हजार २१० रुपैयाँ निर्धारण गरिएको महासंघले जनाएको छ । मंगलबार चाँदी तोलामा एक हजार १९५ रुपैयाँमा कारोबार भएको थियो ।