काठमाडौं– नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघको अध्यक्षमा रमेश महर्जन निर्वाचित भएका छन् ।

महासंघको सातौं वार्षिक साधारणसभाको अवसरमा भएको निर्वाचनबाट प्रथम उपाध्यक्ष रामप्रसाद विश्वकर्मा, द्वितीय उपाध्यक्षमामा द्वारिका विश्वकर्मा, तृतीय उपाध्यक्षमा अमरनाथ गुप्ता, महासचिवमा किसान सुनार, सचिवमा निरबहादुर धमला र टंकबहादुर बराइली, कोषाध्यक्षमा केशरबहादुर बिक र सह–कोषाध्यक्षमा गणेशप्रसाद विश्वकर्मा निर्वाचित भएका छन् ।

कार्यसमिति सदस्यमा गंगाराम रसाइली, विष्णुभक्त बराइली, दिपक धनुके, कमलप्रसाद लामिछाने, जगतबहादुर सुनार, दिपककुमार सुनार, प्रेमबहादुर बिक, देवीलाल बिक, श्यामकुमार विश्वकर्मा, खेमराज विश्वकर्मा (तिरुवा), विद्यासागर ताम्राकार, सोमबहादुर बिक, आनन्दकुमार साह, बलराम साह, पृथ्वी विश्वकर्मा, बुद्धिबहादुर बिक, पर्वलाल शर्मा कोइराला, तिलक बिक, त्रिलोचन विश्वकर्मा निर्वाचित भएका छन् ।

महिला आरक्षित कार्यसमिति सदस्यमा तारा विश्वकर्मा, भद्रशिला रसाइली र सम्झना शिवाकोटी निर्वाचित भएको महासंघले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय