काठमाडौं- नेपाली बजारमा मंगलबार पहेंलो धातु सुनको मूल्य बढेको छ । अघिल्लो दिन सोमबार सामान्य गिरावट आएको सुनको मूल्य मंगलबार पुन बढेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य तोलामा ३०० ले बढेर छापावाला सुन प्रतितोलाको ८७ हजार ५०० र तेजाबी सुन प्रतितोला ८७ हजार ५० रुपैयाँमा कारोबार भइरहेको छ ।
मंगलबार चाँदीको मूल्य भने स्थिर रहेको छ । यस दिन चाँदी प्रतितोला एक हजार २३५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।