काठमाडौं– नेपाली बजारमा बुधबार सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यस दिन सुनको मूल्य तोलामा ५०० ले बढेको छ भने चाँदीको तोलामा १० रुपैयाँले बढेको हो ।

बुधबार छापावाला सुन प्रतितोला ८८ हजारमा कारोबार हुँदा तेजाबी सुन प्रतितोला ८७ हजार ५५० मा कारोबार भइरहेको छ ।

त्यस्तै, चाँदी भने प्रतितोला एक हजार २४५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । मंगलबार चाँदी प्रतितोला एक हजार २३५ रुपैयाँमा कारोबार भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय