काठमाडौं– नेपालस् बजारमा सोमबार सुनको मूल्य सामान्य बढेको छ भने चाँदीको मूल्य स्थिर रहेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघको अनुसार सोमबार सुनको मूल्य तोलामा १०० रुपैयाँले बढेर छापावाला सुन प्रतितोला ८९ हजार ६०० र तेजाबी सुन ८९ हजार १५० मा कारोबार भइरहेको छ ।

अघिल्लो दिन आइतबार छापावाला सुन प्रतितोला ८९ हजार ५०० र तेजाबी सुन प्रतितोला ८९ हजार ५० मा कारोबार भएको थियो ।

सोमबार चाँदी भने अघिल्लो दिनकै मूल्य प्रतितोला एक हजार २७५ मा कारोबार भइरहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय