लन्डन– सन् २०२१ मा क्रिप्टोकरेन्सी बजार तीव्र गतिमा वृद्धि भएर यसको बजार मूल्य झण्डै २० खर्ब डलर पुगेको छ । वालस्ट्रिट समेतका ठूला नामहरुलाई यसले आफूतिर आकर्षित गरिरहेको छ । डिजिटल मुद्रा क्वाइनबेस न्यूयोर्कमा मंगलबार सूचीकृत हुँदैछ । १२ वर्षअघि स्थापित क्वाइनबेसको सफलताबारे एएफपीले अनुसन्धान गरेको छ ।

बिटक्वाइन
विश्वव्यापी वित्तीय संकटको उभार चलिरहेको बेला सन् २००८ अक्टोबर ३१ मा एक–दुईजना अज्ञात व्यक्तिहरु, जसलाई सातोसी नाकामोतोको काल्पनिक नामबाट चिनिन्थ्यो, ले बिटक्वाइनका बारेमा श्वेतपत्र प्रकाशन गरे ।

श्वेतपत्रमा भनिए झैं यसको मुख्य लक्ष्य भुक्तानीको एउटा चलायमान र बिनाअवरोधको विद्युतीय साधन निर्माण गर्नु थियो । यस्तो भुक्तानीलाई देशका केन्द्रीय बैंक वा वित्तीय संस्थाको निगरानीबाट सुरक्षित राख्ने अर्को लक्ष्य थियो । यस्तो कारोबारलाई सफ्टवेयरबाट नियमन गर्ने बनाइयो जहाँ यसका नियमलाई परिवर्तन गर्न लगभग असम्भव हुन्थ्यो ।

कुनै पनि व्यक्तिले नयाँ बिटक्वाइन आफ्नो बनाउन सक्थ्यो, र यसका लागि विशाल तथ्यांक केन्द्रको जरुरत हुन्थ्यो । र यसका निम्ति क्वाइनबेस जस्ता प्लेटफर्मले क्रिप्टोकरेन्सीको व्यापारलाई सरलीकृत गरेको थियो ।

विद्युतीय कार निर्माता टेस्लाले हालैमात्र बिटक्वाइनमा एक अर्ब ५० करोड डलर लगानी गरेको छ । गत मार्चदेखि टेस्लाले कारको भुक्तानीका लागि यही मुद्रालाई स्वीकार्न थालेको छ ।

बैंक र पे पलबाट उपलब्ध निश्चित डिजिटल मुद्राहरुले पनि भुक्तानी र कारोबारलाई सहजीकरण भइरहेका छन् ।
सन् २००९ को शुरुमा पहिलो लटमा ५० थान बिटक्वाइन सिर्जना गरिएयता हालसम्म झण्डै एक करोड ८७ लाख बिटक्वाइन बनाइएका छन् । नाकामोतोले दुई करोड १० लाख बिटक्वाइन बनाउने श्वेतपत्रमा लेखेका छन् ।

लगानी
बिटक्वाइनबाट हुने सीमित भुक्तानी र यसको अस्थिरताका बाबजूद सुनजस्तो बहुमूल्य वस्तुलाई पनि यसले उछिन्ने अनुमान गरिएको छ । पछिल्ला दिनहरुमा सुनभन्दा बिटक्वाइनमा लगानी बढ्ने आँकलन गर्न थालिएको छ ।

नाइजेरियामा हालैका वर्षहरुमा डलरको तुलनामा आफ्नो मुद्रा नाइरालाई ५० प्रतिशतले अवमूल्यन गरिएको छ । नाइजेरियामा हाल झण्डै एक तिहाइ मानिसले क्रिप्टोकरेन्सी प्रयोग गर्न थालेको दाबी गरिएको छ ।

सन् २०१८ मा बिटक्वाइनको मूल्यमा गिरावट आए पनि गत वर्षको अन्त्यदेखि फेरि यसको मूल्य अकासिएको छ । गत वर्ष अक्टोबरमा प्रतिबिटक्वाइनको मूल्य १२ हजार डलर रहेकामा एक महिनाअघिमात्र यसको मूल्य ६० हजार डलरभन्दा बढी पुगेको छ ।

यस पृष्ठभूमिमा केन्द्रीय बैंक र बजार नियामकहरुले बिटक्वाइनको अस्थिरताबारे सर्वसाधारणलाई सचेत रहन चेतावनी दिएका छन् । उनीहरुले साना लगानीकर्ताले ज्यादै बढी नोक्सानी बेहोर्नुपर्ने खतरा औंल्याइरहेका छन् ।

तर स्पष्ट के छ भने केही व्यक्ति एवं कम्पनीले बिटक्वाइनबाट ठूलो लाभ प्राप्त गरेका छन् । यही पक्षलाई विचार गरी प्रमुख केन्द्रीय बैंकहरुले आफ्नै डिजिटल मुद्राको सम्भाव्यता अध्ययन गर्न थालेका छन् ।

विद्युतीय कार निर्माता टेस्लाले हालैमात्र बिटक्वाइनमा एक अर्ब ५० करोड डलर लगानी गरेको छ । गत मार्चदेखि टेस्लाले कारको भुक्तानीका लागि यही मुद्रालाई स्वीकार्न थालेको छ ।

टेस्लाका अर्बपति प्रमुख कार्यकारी एलन मस्कले क्रिप्टोकरेन्सीका गुणबारे सामाजिक संजालमा पनि खुलेरै लेखेका छन् ।

अन्य क्रिप्टोकरेन्सीहरु
बिटक्वाइनका प्रतिस्पर्धी रुपमा धेरै किसिमका क्रिप्टोकरेन्सी विश्व बजारमा छन् । बजारमा दोस्रो स्थानमा हाल इथेरियम छ, र यसको मूल्य यसैसाता दुई हजार डलरभन्दा माथि पुगेको छ ।

क्रिप्टोकरेन्सीको बजार समग्रमा २० खर्ब डलरभन्दा माथि पुगिसकेको क्वाइनमार्केटएपले जनाएको छ । यसले नौ हजारभन्दा बढी क्रिप्टोकरेन्सी सूचीकृत गरेको छ ।

केही क्रिप्टोकरेन्सीलाई ‘स्टाबलक्वाइन्स’ पनि भन्ने गरिएको छ जसको मूल्य अमेरिकी डलर बराबर हुने गरेको छ । यी मुद्रामा बिटक्वाइनमा देखिएजस्तो अस्थिरता छैन ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय