काठमाडौं– लुम्बिनी जनरल इन्स्योरेन्सले गत आर्थिक वर्षको नाफाबाट वितरण गर्ने लाभांश घोषणा गरेको छ ।
इन्स्योरेन्सको बिहीबार सम्पन्न सञ्चालक समितिको बैठकले ५ प्रतिशत बोनस र कर प्रयोजन सहित ५ प्रतिशत नगद गरी कुल १० प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको हो ।
कम्पनीद्वारा प्रस्तावित उक्त लाभांश बिमा समितिको स्वीकृति र आगामि साधारणसभाले पारित गरेपछि लगानीकर्ताले पाउनेछन् ।