सुर्खेत– कर्णाली प्रदेशमा पार्टी ह्विपविपरीत मुख्यमन्त्रीलाई विश्वासको मत दिएका नेकपा (एमाले)का प्रदेश सांसदहरुलाई मन्त्री पद उपहार मिलेको छ ।

कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले नेकपा (एमाले) को माधव नेपाल समूहका नन्दसिंह बुढालाई भूमि व्यवस्था, कृषि तथा सहकारी, अमरबहादुर थापालाई भौतिक पूर्वाधार विकास र कुर्मराज शाहीलाई उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री नियुक्त गरेका छन् ।

नवनियुक्त मन्त्रीत्रय सहित अर्का एमाले सांसद प्रकाश ज्वालाले मुख्यमन्त्री शाहीको पक्षमा विश्वासको मत दिएका थिए ।

यसअघिका भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री विमला केसीले आर्थिक मामिला तथा योजना र सामाजिक विकास मन्त्रालय समालिरहेकी थिइन् । नवनियुक्त मन्त्रीले आइतबार पद तथा गोपनीयताको शपथग्रहण गर्ने मुख्यमन्त्रीको सचिवालयले जानकारी दिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय