काठमाडौं– साताको पहिलो दिन आइतबार सुनको मूल्य बढेको छ भने चाँदी स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार सुन २०० ले बढेको हो ।

महासंघका अनुसार यस दिन छापावाल सुन प्रतितोला ९० हजार ७०० र तेजाबी प्रतितोला ९० हजार २०० मा कारोबार भइरहेको छ । शुक्रबार प्रतितोला ९० हजार ५०० मा कारोबार भएको थियो ।

आइतबार सुनको मूल्य बढेपनि चाँदी भने स्थिर रहेको छ । गत शुक्रबार प्रतितोला एक हजार ३०० मा कारोबार भएको चाँदी यस दिन पनि सोही मूल्यमा कारोबार भइरहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय